दमाैली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिन थालेको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले शुक्रबार दमौलीमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा कोइरालाले प्रधानमन्त्री जस्तो व्यक्तिले जे मन लाग्यो त्यो बोल्न नहुने उल्लेख गरे ।
उनले भने, ‘आदिवासी दिवसको दिन प्रचण्डले हामीलाईजिताउनुहोस् जातीय राज्य दिन्छौ भन्नुभयो । अबको केही महिनामा लाखौ कार्यकर्ता सडकमा उतार्छु भनेको सुनियो । ‘
कोइरालाले काङ्ग्रेसलाई चारैतिरबाट आक्रमण भइरहेको बताउँदै कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।