‘मुख्यमन्त्री पाण्डे सहभागी आदिकवि क्याम्पसकाे वार्षिकाेत्सव खल्लाे’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘मुख्यमन्त्री पाण्डे सहभागी आदिकवि क्याम्पसकाे वार्षिकाेत्सव खल्लाे’

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८०, सोमबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे साेमबार आयाेजित ३७ औं वार्षिकाेत्सव खल्लाे भएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्राज पाण्डे, आर्थिक मामिलामन्त्री जीतप्रकाश आले लगायत सहभागी उक्त वार्षिकाेत्सव समाराेहमा न्यून उपस्थिति हुँदा कार्यक्रम खल्लाे भएकाे हाे ।

    तीन हजार विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पसकाे वार्षिकाेत्सवमा सहभागी सङ्ख्याले कार्यक्रमकाे गरिमा घटाएकाे छ । कार्यक्रममा सहभागी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले मन्तव्य मार्फत् नै याे विषयकाे उठान गरेका छन् । उनले भने, ‘याे विषयकाे समिक्षा गर्न आवश्यक छ ।

    न्याैपानेले कार्यक्रममा सहभागी उपस्थितिले क्याम्पसलाई सहयाेग नगरेकाे हाेकी भन्ने अनुभूति भएकाे बताए । उनले भने, ‘बुद्धिमान इमानदार नै छ राम्राे काम गर्छ । हामी किन जानुपर्याे भन्ने भएकाे हाे की ।’

    क्याम्पसले क्याम्पसका अधिकांश सभासद्लाई वार्षिकाेत्सव एवं साधारणसभामा खबर नगरेकाे खुलेकाे छ ।