भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र र डिभिजन वन प्रमुखलाई बिदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र र डिभिजन वन प्रमुखलाई बिदाई

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८०, मंगलवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ र डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई बिदाई गरेको छ ।

    गण्डकी प्रदेश सरकारको निर्णय अनुसार सरुवा भएका दुई कार्यालय प्रमुखलाई प्रशासन कार्यालयले सोमबार बिदाई गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले श्रेष्ठ र काफ्लेलाई तनहुँ बसाइमा गरेका राम्रो कामका लागि बधाइ दिँदै नयाँ कार्यक्षेत्रका लागि शुभकामना दिएका थिए ।

    डा. श्रेष्ठ पोखरा र काफ्ले गोरखामा सरुवा भएका छन् ।