बिपी जयन्तीमा कांग्रेस व्यास नगरले रक्तदान गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिपी जयन्तीमा कांग्रेस व्यास नगरले रक्तदान गर्दै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । ११० औ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । नगर समितिले शनिबार व्यास नगरपालिका-३ स्थित अनसन चौतारीमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

    दमौली अस्पतालमा रगतको मागलाई परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नगर समितिका कोषाध्यक्ष नगेन्द्र पौडेलले जानकारी दिए । अन्य कार्यक्रम गर्नुभन्दा रक्तदान पुण्यको काम भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्न पौडेलले सबैलाई आग्रह गरे ।