तनहुँमा साइक्लिङ सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा साइक्लिङ सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८०, आईतवार

    दमाैली । तनहुँ जिल्लामा साइक्लिङ सङ्घ गठन भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँमा आइतबार सम्पन्न भेलाले साइक्लिङ सङ्घ तनहुँ गठन गरेको हो ।

    जसको अध्यक्षमा सुदिप पौडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा गौरवराज राना, सचिवमा सुरेश पुरी, कोषाध्यक्षमा रक्षा पण्डित र सदस्यहरुमा भुपाल आले, युवराज भण्डारी, भरतकुमार श्रेष्ठ, प्रकाश श्रेष्ठ र लक्ष्मी गुरुङ चयन भएका छन् ।

    भेलामा खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको उपस्थिति थियो ।