आयोजना सञ्चालनका लागि म्याग्देमा उपभोक्ता समितिलाई अनुशिक्षण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आयोजना सञ्चालनका लागि म्याग्देमा उपभोक्ता समितिलाई अनुशिक्षण सुरु

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८०, आईतवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले उपभोक्ता समितिलाई अनुशिक्षण सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने आयोजनाका लागि उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षलाई अनुशिक्षण सुरु गरेको हो ।

    यो वर्ष गाउँपालिकाबाट उपभोक्ता समिति मार्फत् सञ्चालन गरिने विकास आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराउन अनुशिक्षण सुरु गरिएको योजना शाखा प्रमुख श्रीराम खनालले जानकारी दिए ।

    वडा नम्बर ५ बाट सुरु भएको अनुशिक्षण सबै वडामा सञ्चालन गरिनेछ । खनालले भने, ‘उपभोक्ता समितिमार्फत् विकास आयोजना सञ्चालनका लागि पदाधिकारीलाई आवश्यक कुराबारे जानकारी गराइएको छ, सबै वडामा अनुशिक्षण हुनेछ ।’

    अनुशिक्षणमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जितराज राना, वडाध्यक्ष शिवबहादुर आलो लगायतले बोलेका थिए ।