नेम्वाङको बिहीवार शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेम्वाङको बिहीवार शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८०, बुधबार

    काठमाडाै । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । 
      
    उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ । 

    शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

    उनको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदासमेत दिएको छ ।