काठमाडाै । ‘माथी माथी सैलुङ्गेमा चौँरी डुलाउनेलाई……’ कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको छ ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराइले जानकारी दिए ।
असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टर्राईले जानकारी दिए । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, सन्दिप क्षेत्री, दिलिप रायमाझी,गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराइले जानकारी दिए । असोज ११ गते विहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ ।
असोज १२ गते चौरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सास्कृतिक कार्याक्रमसहित रैथाने खानामा रमाइनेछ । आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले कार्याक्रममा सहभागी हुन पाउनेछन् ।
हिमालयको ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ । वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविस्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईको भनाइ छ ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए ।
स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागी हुन इच्छुकले तलको लिंकमार्फत दर्ता हुन सकिने आयोजकले जनाएको छ । https://forms.gle/DJHDvRp9pjNLvgGC8
हेर्नुहोस् भिडियो जानकारी