दमाैली । राष्ट्रपति रामचन्द्र पाैडेल गृहजिल्ला आउने भएपछि दमाैलीस्थित मुख्यचाेकका सडकका खाल्डाखुल्डी पुर्न थालिएकाे छ । पाैडेल शनिबार गृहजिल्ला दमाैली आउने भएपछि शुक्रबार साँझदेखि दमाैलीकाे मुख्यचाेककाे खाल्डाखुल्डी पुर्न थालिएकाे हाे ।
यस्तै चापाघाटदेखि सफासडककाे प्रवेशद्वारसम्म धुलाे नियन्त्रणका लागि पटक पटक ट्याङ्करबाट पानी हालिएकाे छ ।
राष्ट्रपति पाैडेल दमाैली सभागृहकाे उद्घाटनका लागि आउन लागेका हुन् ।