दमाैली । तनहुँकाे सदरमुकाम दमाैलीमा दुई दिनकाे अवधिमा १२१ जनालाई डेङ्गु सङ्क्रमण पुष्टि भएकाे छ । दमाैली अस्पतालमा दुई दिनकाे अवधिमा परीक्षण गरिएकामध्ये १२१ जनालाई डेङ्गु सङ्क्रमण पुष्टि भएकाे हाे ।
शुक्रबार ६४ जनालाई परीक्षण गरिएकामा ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । त्यस्तै बिहीबार ७८ जनालाई परीक्षण गर्दा ६८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकाे छ ।
जिल्लाभर एक हजार भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकाे छ । त्यसमध्ये ८५ प्रतिशत व्यास नगरपालिकाभित्रका रहेकाे स्वास्थ्य कार्यालय तनहुँले जनाएकाे छ ।