राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ आउँदै

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८०, शनिबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आउने भएका छन् । तनहुँको सदरमुकाम दमौलीमा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि राष्ट्रपति पौडेल शनिबार गृहजिल्ला आउन लागेका हुन् ।

    राष्ट्रपति पौडेलले आज बिहान तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित भंयरथानमा दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। त्यसपश्चात् राष्ट्रपति पौडेल दिउँसो १ बजे व्यास नगरपालिका–३ स्थित सभागृहको उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको प्रजिअ रिजालले जानकारी दिए। कार्यक्रमका लागि सुरक्षा प्रबन्ध मजबुद बनाइएको उनले जानकारी दिए ।

    कार्यक्रममा सहभागिताका लागि प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्लास्थित राजनीतिक दलका प्रमुख, उपप्रमुख लगायतलाई निमन्त्रणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।