दमौली । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि भिमाद नगरबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । प्रदेश अधिवेशनका लागि भिमादबाट १२ जना प्रतिनिधि सर्वसम्मत भएका हुन् ।
महिलातर्फ कृष्णकुमारी श्रेष्ठ, शारदा खनाल, पवित्रा थापा, दलित पुरुषबाट बाबुराम सुनार र दलित महिलाबाट कोपिला नेपाली, खुल्ला युवाबाट उज्वल खनाल चयन भएका छन् ।
त्यस्तै खुल्लातर्फ केदार सिग्देल, धर्म खनाल, नारायण खनाल, मेखबहादुर थापा, ऋषिराम राना र इमान थापा चयन भएका छन् ।