सुशासन र समुन्नतका एजेण्डामा कोर्स करेक्सन गर्नुपर्छ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुशासन र समुन्नतका एजेण्डामा कोर्स करेक्सन गर्नुपर्छ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८०, शनिबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सुशासन र समुन्नतका एजेण्डामा कोर्स करेक्सन गर्नुपर्ने अवस्था आएको बताएका छन् । दमौली सभागृहको शनिबार उद्घाटन समारोहमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

    उनले कुशासन र भ्रष्टाचारले विकास पछि परेको बताउँदै अब सुशासन र समुन्नतका एजेण्डामा निर्मम समिक्षा गरेर कोर्स करेक्सन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

    विगत ३०÷३२ वर्षमा केही काम भएको भएतापनि जनतामा चरम नैराश्य रहेको उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा निरपेक्ष रुपमा काम भएका छन् तरपनि चरम नैराश्य रहेको उनको भनाइ थियो ।