मुख्यमन्त्री पाण्डेको घोषणा : दमौली अस्पतालको स्तरोन्नति गर्छौ, केशवटार मार्गको बजेट बढाउँछौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्री पाण्डेको घोषणा : दमौली अस्पतालको स्तरोन्नति गर्छौ, केशवटार मार्गको बजेट बढाउँछौ

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८०, आईतवार

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौली अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । शनिबार दमौलीमा आयोजित कार्यक्रममा पाण्डेले अस्पतालको स्तरोन्नति गरिने बताएका हुन् ।

    अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्ने उनले दावी गरे ।

    दमौली अस्पतालको स्तरोन्नतिको कुरा चलेको ३/४ वर्ष भन्दा बढी भइसक्यो। अस्पताल व्यवस्थापन समितिले अघिल्लो सरकार र वर्तमान सरकारलाई पनि यस विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदै आएको छ । तर प्रतिफल मिलेको छैन ।

    यस्तै दमौली-केशवटार मार्गमा बजेट बढाउने उनले घोषणा गरे । केशवटार मार्गमा ५० लाख बजेट विनियोजन भएको र त्यसलाई पॉच करोड पुर्याएर बहुवर्षीय योजना बनाइ सम्पन्न गरिने उनको दावी थियो ।