दमाैली । नेकपा एमाले तनहुँका निवर्तमान अध्यक्ष केदार सिग्देलले प्रदेश अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् ।
एमाले गण्डकी प्रदेश कमिटीकाे असाेज १५ र १६ गते पाेखरामा हुने प्रदेश अधिवेशनमा सिग्देलले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
२०३३ सालबाट विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा लागेको सिग्देल ०३५ सालदेखि पार्टीमा काम सुरु गरेका हुन् ।
पार्टीको गाँउ कमिटी अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी कार्यलय सचिव, जिल्ला उपसचिव हुदै निरन्तर राजनितीमा सक्रिय सिग्देल ०६५ सालमा पार्टीको तनहुँ जिल्लाका अध्यक्षमा निर्वाचित भएका थिए । ०६५ देखि ०७८ सालसम्म दुई कार्यकाल तनहुँ जिल्ला पार्टी अध्यक्षका जिम्मेवार सम्हालेका सिग्देलले २०७४ सालको संघीय निर्वाचनमा तनहुँको ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचनमा वाम उम्मेदवारलाई जिताउन सफल भएका थिए ।