डेंगु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेंगु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८०, बुधबार

    दमौली । विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराएको छ ।   
      
    दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।   
      
    प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराएको लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनले भने, “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”   


      
    डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उनले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिए । उनले भने, “उहाँहरू मंगलबार बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”