जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८०, बुधबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको छ । डेङ्गु सङ्क्रमितको सहजरूपमा उपचारका लागि अस्पतालले दश शय्याको छुट्टै कक्ष बनाएको हो ।   
      
    केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हालसम्म तीन सय १८ जनाको परीक्षण गरिएकामा ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आज छ जना बिरामी कक्षमा भर्ना छन् । गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको उनले जानकारी दिए ।  

     
      स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइए पनि न्यूनीकरण हुन नसकेको बताए । उनका अनुसार जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।