दमौली। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि व्यास नगर कमिटीबाट प्रतिनिधि छानिएका छन् । असोज १५-१६ गते हुने अधिवेशनका लागि व्यासबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन् ।
छनोट हुनेमा श्रीराम कार्की, अमर भण्डारी, प्रदीपराज अधिकारी, अनिल पाण्डे, तुल्सीराम पाण्डे, विन्दु बस्नेत, बसुन्धरा घर्ती, मोहनकुमार विक, कविता बराइली, मदन तिमिल्सिना, र बमबहादुर थापा छन् ।