उखु किसानलाई १५ दिनभित्र अनुदान दिन निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उखु किसानलाई १५ दिनभित्र अनुदान दिन निर्देशन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८०, आईतवार

    काठमाडौं । उखु किसानहरुले उखु खेतीको प्रवर्द्धनका लागि नेपाल सरकारबाट पाउने अनुदान रकम १५ दिनभित्र अनुदान भुक्तानी गर्न संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ संयोजक रहेको चिनी उद्योग तथा उखु किसानहरुको समस्या समाधान र सुझाव उपसमितिले दिएको सुझावका आधारमा समितिले सरकारलाई निर्देशन दिएको हो ।

    श्रेष्ठको उपसमितिले मुल समितिलाई ७ बुँदे प्रारम्भिक प्रतिवेदन (मस्यौदा) समेत बुझाएको छ । जसमा चिनी उद्योग तथा उखु किसानका समस्या पहिचान गर्न समाधानका लागि गरिएका गतिविधिहरु उल्लेख गरिएको छ । त्यस्तै, गर्न बाँकी रहेका कुराहरुलाई पनि अवगत गराइएको छ ।

    श्रेष्ठको संयोजक रहेको उक्त उपसमितिमा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सुर्यमान तामाङ ९दोङ० सदस्य रहेका थिए ।

    गत जेठ ३१ गतेबाट कार्य प्रारम्भ भएको उक्त उपसमितिले हालसम्म चारवटा बैठक बसी चिनी उद्योग तथा उखु किसानको समस्या पहिचान र समाधानका लागि अध्ययन एवम् छलफल गरी प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

    ‘मेरो संयोजकत्वमा रहेको उपसमितिले उखु किसानको समस्यालाई गहिरो ढंगबाट अध्ययन गरेका छौँ,’ उनले भने, ‘त्यसमध्ये पनि उखु किसानले पाउने भनिएको अनुदान रकम लामो समय नपाउँदा उनीहरु मारमा परेको हाम्रो ठम्याइ छ । त्यसैले मूल समितिमार्फत सरकारलाई १५ दिनभित्र उखु किसानको अनुदान भुक्तानी गर्न निर्देशन दिइएको छ ।’