रिहा भए अनमोल केसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रिहा भए अनमोल केसी

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८०, आईतवार

    काठमाडौं । प्रहरीले अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

    जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    रिहा भएपछि अनमोल केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

    फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।