बझाङ केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङ केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८०, मंगलवार

    काठमाडाै । बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको स्थानीय पत्रकार प्रेम रौलेले बताए।