दमाैली । नेकपा एमाले गण्डकी प्रदेशको सदस्यमा तनहुँका तीन महिला सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा जारी प्रथम अधिवेशनबाट जिल्ला भुगोल महिलातर्फ उम्मेदवारी दिएका कृष्णा श्रेष्ठ, रत्नादेवी घिमिरे र देवु विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् ।
तीन सदस्यका लागि तनहँुका चार जनाको उम्मेदवारी परेको थियो । विष्णुमाया ढकालले उम्मेदवारी फिर्ता लिएपछि तीन जना सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
प्रदेश अधिवेशनमा तनहुँका २३ जनाले सदस्य पदमा विभिन्न क्लष्टरबाट उम्मेदवारी दिएका थिए ।