१९औं एसियाली खेलकुद : नेपालले जित्यो दोस्रो पदक, करातेमा एरिकाले जितिन् रजत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    १९औं एसियाली खेलकुद : नेपालले जित्यो दोस्रो पदक, करातेमा एरिकाले जितिन् रजत

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    काठमाडौ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट चुकेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि उनी रजत पदकै सीमित भएकी हुन् ।

    एरिका सोफ्यासँग ३-० ले पराजित भइन् ।  सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् ।

    नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ । इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् ।