अदालतबाट कैद तोकिएका प्रतिवादी २२ वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अदालतबाट कैद तोकिएका प्रतिवादी २२ वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    दमाैली । ज्यान मार्ने उद्योगमा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ राइपुर घर भई हाल देवघाट गाउँपालिका–१ बस्ने अमृतप्रसाद भट्टराई रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    निजलाई लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई २२ वर्षपछि पक्राउ गरेको हो ।

    निज विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्धा चली तनहुँ जिल्ला अदालतले विसं २०५८ भदौ ८ गतेको फैसलाले तीन वर्ष दुई महिना १७ दिन कैद भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि तनहुँ अदालत पेश गरिएकामा उनी कारागार चलान भएका छन् ।