व्यासमा टेम्पो र म्याजिक दर्ता नगरे सञ्चालनमा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा टेम्पो र म्याजिक दर्ता नगरे सञ्चालनमा रोक

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८०, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिकाले तीन पाङ्ग्रे टेम्पो र चार पाङ्ग्रे म्याजिकलाई दर्ता नगरी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाको सोमबार बसेको बैठकले मङ्सिर १ गतेदेखि दर्ता नभएका त्यस्ता सवारी साधनलाई नगरपालिकाभित्र सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    नगरपालिकाको नियमानुसार आगामी कात्तिक मसान्तभित्र त्यस्ता सवारी साधन दर्ता गरिसक्न आग्रह गरेको छ । उक्त अवधिभित्र नवीकरण वा नयाँ दर्ता गर्न समय दिने र उक्त समयभित्र नवीकरण र दर्ता गरेमा सञ्चालन अनुमति प्रमाणपत्र उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । अन्यथा नगरपालिकाभित्र सञ्चालन गर्न नपाइने उनले बताए ।