कोशी सभाको बैठक कात्तिक १ गते, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशी सभाको बैठक कात्तिक १ गते, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०८०, सोमबार

    विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आभ्वन गरिएको हो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ ।

    सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ ।