तनहुँमा ६८ औ प्रहरी दिवस मनाइयो (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ६८ औ प्रहरी दिवस मनाइयो (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । ६८ औ प्रहरी दिवस तनहुँमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिवसको अवसरमा सहिद प्रहरीका परिवारलाई सम्मान, खेलकुद कार्यक्रमका विजेता र निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे छ ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने बताए । सीमित स्रोत र साधनका बाबजुद प्रहरीले काम गर्दै आएको र प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न सधै अग्रणी भूमिका खेलेको उनको भनाई थियो ।

    सोही क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉण, वरिष्ठ प्रहरी नायब निरीक्षक राजिव विष्ट र प्रहरी सहायक निरीक्षक घनश्याम चौधरीलाई सम्मान गरिएको थियो ।