९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ९० मेगावाट क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ । अर्धजलाशययुक्त ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा सम्झौता भएको हो ।

    आयोजनाको पीपीएमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपश्चात् प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले सम्झौतापत्र हस्तान्तरण गरे ।

    तनहुँ तथा गोरखा जिल्लाको भानु तथा पालुङटार नगरपालिकामा रहेको आयोजनाबाट हिउँदमा १८४.६७ गिगावाट र वर्षामा ३७७.९३ गिगावाट उत्पादन हुनेछ । कम्पनीले सम्झौतमाअनुसार २०८६ वैशाख २२ गतेभित्र व्यावसायिक उत्पादन (आरसीओडी) गर्नुपर्नेछ ।

    कम्पनीका अध्यक्ष आचार्यले आयोजनाको वातावरणीय मूल्यांकन अध्ययन अन्तिम चरणमा रहेका जनाए । उनका अनुसार आयोजनाको वित्तीय व्यवस्थापन नेपाली तथा विदेशी लगानीकर्तासँग आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।