


दमाैली । बडादशैकाे साताै दिन शनिबार व्यास नगरपालिका-४ कालिका मन्दिरमा फूलपाती भित्र्याइने भएकाे छ । प्रत्येक वर्ष झै यसवर्ष मन्दिरमा फूलपाती भित्र्याउन लागिएकाे हाे ।
फूलपाती भित्र्याउने कार्यक्रमकाे तयारी पूरा भएकाे तनहुँ कालिका सहिद जङ्गल पार्कका निवर्तमान अध्यक्ष एव फूलपाती व्यवस्थापन समितिका संयाेजक इश्वरबहादुर विष्टले जानकारी दिए ।
बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइने उनले बताए । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्र्याइनेछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।