दमाैली । तनहुँमा अबैध लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ अमरापुरी बस्ने २२ बर्षिय पवन कुमार महत्तो र ऋषिङ गाउँपालिका–३ बस्ने ३० बर्षिय मिनबहादुर थापा मगर रहेका छन् ।
शुक्रबार विहान आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्वीराजमार्ग सडक खण्डमा रौतहट गौरबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख ६९२ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार महत्तो र थापा मगरले अबैध रुपमा लुकाई लिएको लागु औषध डाईजोपाम ६९ एम्पुल, फेनारागन ६९ एम्पुल, टाईनाजेसिक ५७ एम्पुल, नुर्फिन १२ एम्पुल गरी जम्मा २०७ एम्पुल लागु औषध फेला परेको हुँदा उक्त लागु औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।