दमाैली । व्यास नगरपालिकाले वाड नं ५ चापाघाटमा अवस्थित भजन संकृतन समुहद्धारा सञ्चालित दिवाकालिन जेष्ठ नागरिक आश्रमलाई एक थान टिभी सहयोग गरेको छ । व्यास नगरपालिका वडा नं ५ चापाघाटको आश्रममा शुक्रबार भएको एक कार्यक्रमका बिच नगरपालिकाले टिभी हस्तातरण गरेको हो ।
टिभी हस्तानत्तण कार्यक्रममा बोल्दै उपप्रमुख इन्दिरा दरैले आश्रममा धेरै जना जम्मा हुँदा एक्लोपना नहुने र भजन नचल्दाको समयमा टिभी हेरेर बस्दा समय गुजार्न सजिलो हुने बताइन् ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष बिष्णु कुमार श्रेष्ठ हिमालले २०७२ सालदेखि भजन संकिर्तनको माध्यमबाट देउसि भैलो खेलेर सुरुवात गरेको अभियानले अहिले दिवाकालिन आश्रमको आफ्नै भवन बनाउने सम्मको सफलता पाएको बताए ।
वडा नं ३ का अध्यक्ष अनुप रानाले दुर्गा मन्दिर परिसर भित्र दिवाकालिन आश्रम बनाउन वडा पनि लागेकाे बताए ।
आश्रममा वृद्धवृद्धाको सम्मान र अभिरुची अनुरुप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई सङ्गीतका सामानहरु उपलध्ध छन। आश्रममा सुविधा सम्पन्न वस्ने व्यवस्था,इन्टरनेट सेवा, मोवाइल चार्जिड सेवा उपलब्ध रहेकाे भजन सङ्किर्तन समूहका अध्यक्ष विष्णु गाैतमले जानकारी दिए ।