त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र युएईबीच फाइनल हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र युएईबीच फाइनल हुँदै

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८०, शुक्रबार

    काठमाडौ । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ। 

    शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। 

    नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ। 

    नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। 

    युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

    गत सोमबार युएईसँग मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो।

    यस्तै कात्तिक १ गते भएको पहिलो खेलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। 

    नेपालले हङकङलाई पनि कात्तिक २ गते ६ विकेटले र कात्तिक ४ गते ७९ रनले पराजित गरेको थियो।