दमाैली । तनहुँकाे भानु नगरपालिका-१ गन्धर्वटाेल बस्ने २९ वर्षीया कमला गन्धर्व लागुऔषध सहित पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय भानु र प्रहरी चाैकी भन्सारकाे संयुक्त टाेलीले गन्धर्वलाई साेमबार दिउँसाे पक्राउ गरेकाे हाे ।
अबैध रुपमा प्रतिबन्धित औषधीको कारोबार गरिरहेकी छन् भन्ने सूचनाकाे आधारमा प्रहरीले निजको घरकोठा तलासी लिदा निजको कोठाबाट लागु औषध ट्रामाडाेल हाइड्राेक्लाेराइड ३०० थान बरामद गरेकाे छ ।
निजलाई आवश्यक कारवाहीका लागि मङ्गलबार औषधी व्यवस्था बिभाग बिजुलीबजार पठाइएकाे छ ।