दमौली अस्पतालको स्तरोन्नतिका लागि न्यौपानेद्वारा सरकारको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दमौली अस्पतालको स्तरोन्नतिका लागि न्यौपानेद्वारा सरकारको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८०, बिहीबार

    दमाैली । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले दमौली अस्पतालको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । न्यौपानेले बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अस्पतालको स्तरोन्नतिबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    उनले भनिन, “दमौली अस्पतालमा आवश्यक उपकरण र जनशक्तिको समस्या छ । डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ । मिर्गौलाका बिरामी बढेका छन् । तनहुँ कास्की गोरखाका बिरामी आउनुहुन्छ । डायलासिस मेसिन कमीका कारण समयमा उपचार नपाएको गुनासो छ ।”

    आज तनहुँवासीको एउटै प्रश्न कहिले बन्छ सुविधासम्पन्न अस्पताल भन्ने नै रहेको उनको भनाइ थियो । तनहुँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु राष्ट्रपति बने, तर जनताले सुविधासम्पन्न स्वास्थ्य सेवा नपाएको न्यौपानेको भनाइ थियो ।