विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८०, शुक्रबार

    काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले एक सय ३४ रन बनायो ।

    यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

    साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।