मोडल दीपासा बीसीको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मोडल दीपासा बीसीको निधन

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८०, बिहीबार

    काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

    दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ । सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।