म्याग्दे गाउँपालिकाद्वारा जनगणपतिलाई बस हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाद्वारा जनगणपतिलाई बस हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८०, शनिबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयलाई ४० प्रतिशत अनुदानमा बस हस्तान्तरण गरेको हो ।

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको ४० र विद्यालयको ६० प्रतिशत लगानीमा बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई बस हस्तान्तरण गर्ने योजना बमोजिम हालसम्म चार वटा बस सहयोग गरिएको छ ।”

    यसअघि गाउँपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर २ स्थित राधा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिसकेको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि ४० प्रतिशत अनुदान दिने नीति ल्याएको थियो ।

    सोही नीतिअनुसार विद्यालयलाई बस सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहजरुपमा पढाई होस् भन्ने हेतुले गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले बेहोर्ने गरी बस खरिद गरिएको उनको भनाइ छ ।

    विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

    वडा नम्बर ४ स्थित मिन माध्यमिक विद्यालयले गत वर्ष नै बस खरिद गरी सञ्चालनमा ल्याइसकेको छ ।