चोरी मुद्धामा धरौटीमा छुटेका मनबहादुर दुई महिनामै पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चोरी मुद्धामा धरौटीमा छुटेका मनबहादुर दुई महिनामै पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८०, शनिबार

    दमौली । चोरी मुद्धामा अदालतबाट धरौटीमा छुटेका बन्दीपुर-४ भैसेखोरका २३ वर्षीय मनबहादुर गुरुङ पुन: चोरी मुद्धामा पक्राउ परेका छन् । गत भदौ २४ गते अदालतबाट धरौटीमा छुटेका उनी दुई महिनामै पक्राउ परेका हुन् ।

    कात्तिक २४ गते दिउँसो सोही वडाको बालाबजार बस्ने वर्ष ६ को रन्जित प्रजापतिले कानमा लगाएको सुनको मुन्द्रा ललाई फकाई गरेर चोरी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    निजले उक्त मुन्द्रा भानु नगरपालिका- साजबोटे स्थित एक सुनचाँदी पसलमा सात हजार दुई सय पचासमा बेचेका थिए। प्रहरीले निजको साथबाट दुई हजार पॉच सय बरामद गरेको जनाएको छ ।