नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक गम्भीर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक गम्भीर

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८०, आईतवार

    नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। मृतकमध्ये तीन महिला तीन पुरुष छन् ।

    जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए। मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । घाइतेको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।