दमाैली । जेसीआई व्यास नगरको अध्यक्षमा नविन पुरी चयन भएका छन् । वर्ष २०२४÷२५ का लागि पुरी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।
अध्यक्ष पुरीको कार्यकाल सन् २०२४ जनवरीबाट सुरु हुनेछ । तेस्रो प्रयासमा पुरी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
गत वर्ष राजु रानासँग अध्यक्षमा पराजित भएका उनी त्यसपहिला लक्ष्मीभक्त खनालसँग निर्वाचनमा हारेका थिए ।
त्यस्तै कार्यकारी उपाध्यक्षमा अनुप दाहाल, पूर्ण सदाशंकर, उपाध्यक्षमा पवनसिंह कार्की, दुतबहादुर थापा, केशव बराली, राजेश क्षेत्री सर्वसम्मत चयन भएका छन् । यस्तै नवनिर्वाचित अध्यक्ष पुरीले महासचिवमा सनम अधिकारी, कानुनी सल्लाहकारमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा सोमबहादुर नेपाली र सचिवमा रोहित श्रेष्ठलाई मनाेनित गरेका छन् ।