हाजिरीजवाफमा कर्मचारी प्रथम, पत्रकारको समूह दोस्रो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हाजिरीजवाफमा कर्मचारी प्रथम, पत्रकारको समूह दोस्रो

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८०, आईतवार

    दमौली । सामाजिक विकास कार्यालय तनहुँले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको छ । अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार आयोजित प्रतियोगितामा कर्मचारीको समूह प्रथम भएको हो ।

    प्रतियोगितामा नेपाल पत्रकारको समूह द्वितीय भएको छ । त्यस्तै प्रतियोगितामा शिक्षकको समूह तृतीय भएको छ । कर्मचारीको समूहले ३०, पत्रकारको समूहले २८ र शिक्षकको समूहले २३ अंक पाएको थियो ।

    प्रथम भएको कर्मचारीको समूहले रु दश हजार, द्वितीय भएको पत्रकारको समूहले रु सात हजार नगद प्राप्त गरेको छ ।

    विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए ।