दमौलीमा सिद्धार्थ ग्रुपको होटल सञ्चालनमा आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा सिद्धार्थ ग्रुपको होटल सञ्चालनमा आउँदै

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८०, सोमबार

    दमौली । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले तनहुँको सदरमुकाम दमौलीमा होटल सञ्चालनमा ल्याउने भएको छ। ग्रुपले एपेक्स मलमा होटल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

    त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । आगामी वैशाखदेखि होटल सञ्चालनमा आउने ग्रुपका कार्यकारी अधिकृत सुशील न्यौपानेले जानकारी दिए । होटलमा रु ७६ करोड लगानी हुनेछ ।

    न्यौपानेका अनुसार होटलमा ३४ कोठा र ५८ वटा बेड हुनेछन । एउटा ठूलो हल र तीनवटा सानो सभाकक्ष समेत होटलमा रहनेछ।

    होटल सञ्चालनमा आएपछि करिब ५० जनाले रोजगारीको अवसर पाउने न्यौपानेले जानकारी दिए।

    एपेक्स मलमा क्युएफएक्स सञ्चालनमा छ । कोभिड सङ्क्रमणका बेला सञ्चालनमा आएको यो मल व्यावसायिक सटर निर्माण भएपनि यसले व्यापारिक रुप लिन सकेको छैन । होटल सञ्चालनमा आएपछि भने यसले व्यावसायिक रुप लिने विश्वास गरिएको छ ।

    यस अघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ।

    सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको जनाइएको छ

    ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।

    बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् ।

    बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र नेपालगञ्जमा एक एक वटा गरि ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।