भूकम्प पीडितलाई सङ्घको न्यानो कपडा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भूकम्प पीडितलाई सङ्घको न्यानो कपडा सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८०, सोमबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । गत कात्तिक १७ गते रातिको भूकम्पबाट पीडित भएका प्रभावित व्यक्तिका लागि सङ्घले न्यानो कपडा सहयोग गरेको हो ।

    चिसो मौसमका कारण प्रभावितलाई समस्या भएकाले सङ्घको सक्रियतामा जाजरकोट उद्योग वाणिज्य सङ्घ र रुकुम उद्योग वाणिज्य सङ्घमार्फत् वितरण हुने गरी त्रिपाल सहितका सामग्री सहयोग गरिएको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    जाजरकोटका लागि ३० थान पोलार ब्ल्याङ्केट, २७ थान त्रिपाल, ३० थान भुवावाला ट्राउजर, ३० थान न्यानो पेटीकोट, ६० थान टोपी, ३० थान हुड, ३० थान फाइबर सिरक डबल, ८० थान अन्य कपडा र २५ थान बच्चाहरुका लागि न्यानो कपडा सहयोग गरिएको छ ।

    त्यस्तै रुकुम पश्चिमका लागि २० थान पोलार ब्ल्याङ्केट, १८ थान त्रिपाल, २० थान भुवावाला ट्राउजर, २० थान न्यानो पेटीकोट, ४० थान उनी टोपी, २० थान हुड, २० थान फाइबर सिरक डबल, ५६ थान अन्य सामग्री र १५ थान बच्चाहरुका लागि कपडा सहयोग गरिएको छ ।

    उल्लेखित सामग्री खरिदका लागि व्यवसायी महेश बतासबाट रु दश हजार, दुर्गा विकबाट रु तीन हजार पाँच सय, देवकुमार श्रेष्ठबाट रु दुई हजार पाँच सय १५, नेत्रबहादुर अधिकारीबाट रु दुई हजार पाँच सय पाँच, दिलबहादुर दरैबाट पाँच थान त्रिपाल सहयोग प्राप्त भएको थियो ।