पराशरमा लियोको ट्राफिक सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पराशरमा लियोको ट्राफिक सचेतना

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८०, मंगलवार

    दमौली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-४ पराशर कलेजमा मंगलबार ट्राफिक तथा लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतना प्रदान गरेको छ ।

    कलेजमा अध्ययनरत विद्यार्थी कुलतमा फस्ने सम्भावना बढी भएकाले क्लवले कलेजलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरेको हो ।

    जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले ट्राफिक सचेतनाका साथै लागुऔषध सम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए ।

    क्लवकी अध्यक्ष बसन्ती थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास-४ का वडा सदस्य सरोज भण्डारी, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका रिजन कोर्डिनेटर लायन कृष्णहरि गैह्रे, पराशर कलेजका प्रमुख अमृत भण्डारी लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरे ।