आँबुखैरेनीकाे शिक्षा सुधार कोषमा साढे छ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे शिक्षा सुधार कोषमा साढे छ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८०, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा एकैदिन साढे छ लाख सहयोग प्राप्त भएको छ । गाउँपालिकामा रहेका विभिन्न उद्योगहरुले शिक्षा सुधार कोषमा रु छ लाख ५० हजार सहयोग गरेका हुन् ।

    आँबुखैरेनी गाउँपालिका–२ स्थित अभनिष डिष्टिलरी प्रालिले रु तीन लाख, सूर्य ब्लेन्डर्स प्रालिले रु एक लाख, मकालु डिष्टिलरी प्रालिले रु एक लाख ५० हजार र तिरुमाला प्लाष्टिक इण्डष्ट्रिजले रु एक लाख सहयोग गरेको छ ।

    गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पु¥याउने उद्धेश्यसहित शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धन्यवाद ज्ञापन गरेका छन् ।