दमौली संविधानसभा सदस्य स्व. झुलबहादुर आलेको स्मृतिमा प्रतिष्ठान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिका निवासी स्वर्गीय आलेको स्मृतिमा उहाँका परिवारले झुलबहादुर आले स्मृति प्रतिष्ठान गठन गरेका हुन् ।
आलेको भौतिक शरीरको अभाव महशुस गरी सामाजिक का मगर्ने उद्धेश्यसहित प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानको अध्यक्षमा उहाँका छोरा कमलबहादुर आले रहेका छन् । त्यस्तै उपाध्यक्षमा भविकुमारी आले, सचिवमा माया आले, कोषाध्यक्षमा दलजित आले, सदस्यहरुमा बाबुलाल आले, भिमबहादुर विक, केशबहादुर थापा, मनिसरा थापा र याममाया थापा छन् ।
प्रतिष्ठानले गरिब, विपन्न, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा काम गर्ने आलेले बताए ।
आलेको विसं २०७९ मङ्सिर ९ गते उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको थियो । आले संविधान सभा सदस्य, नेपाली काङ्ग्रेसको महासमिति सदस्य, पूर्व क्षेत्रीय सभापति थिए । त्यस्तै उनले साविक कोटदरवार गाविसको अध्यक्ष, गाउँ पञ्चायत उपप्रधानपञ्च, शिवसरस्वती माध्यमिक विद्यालय अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका थिए ।