केपी ओलीलाई धनकुटामा हातपात प्रयास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओलीलाई धनकुटामा हातपात प्रयास

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०८०, बिहीबार

    काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।

    बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।

    स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि हातपात गरेको देखिन्छ। ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएका थिए।

    धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।

    ‘उसको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ,’ उनले भने।