बाल याैन दुरुपयाेगमा बन्दीपुरका २८ वर्षीय युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाल याैन दुरुपयाेगमा बन्दीपुरका २८ वर्षीय युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८०, बिहीबार

    दमाैली । बाल यौन दुरुपयोग गरेको कसुरमा तनहुँमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने २८ वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बन्दीपुर गाउँपालिका–१ बस्ने ११ वर्षीया बालिकालाई गत मङ्सिर २४ गते राति ११ः३० बजे घरको कोठामा बाल यौन दुरुपयोग गरेको प्रहरीको भनाइ छ । निजलाई बुधबार पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।