दमौली । भुजेल विद्यार्थी मञ्च तनहुँको अध्यक्षमा पिंकी भुजेल चयन भएकी छन् । सोमबार दमौलीमा भएको दोस्रो अधिवेशनबाट १५ सदस्यीय समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा थमन भुजेल, सचिवमा संचिता घर्ती, सहसचिवमा रिया घर्ती, कोषाध्यक्षमा जोन भुजेल र सदस्यहरुमा अन्जु भुजेल, कमल भुजेल, दिलीप भुजेल, प्रमिशा भुजेल, अनु भुजेल, अनामिका भुजेल, सुष्मा भुजेल, ऋषि घर्ती, अभिषेक घर्ती र रेशु घर्ती चयन भएका छन् ।
कार्यक्रममा भुजेल महिला समाजका केन्द्रीय अध्यक्ष बसुन्धरा घर्तीले नयॉ कार्यसमितिलाई शुभकामना दिएकी थिइन् ।