सन्दिपको मुद्धा हेर्दा हेर्दैमा, निरन्तर सुनुवाई हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दिपको मुद्धा हेर्दा हेर्दैमा, निरन्तर सुनुवाई हुने

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८०, बुधबार

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

    गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

    बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।